दफा २६
रकमको कानूनी बन्देज उल्लंघन गरेमा सजाय

कसैले दफा ३ को उपदफा (२) वा (३) को बर्खिलाप हुने गरी कुनै काम कुरा गरेमा निजलाई अन्य प्रचलित नेपाल कानूनमा सजायको कुनै खास व्यवस्था भएकोमा सोही बमोजिम र त्यस्तो व्यवस्था नभएकोमा बिगो भए बिगो समेत असुल गरी निजलाई सो बिगोबमोजिम जरिवाना र बिगो केही नभए पाँच सय रूपैयाँसम्म जरिवाना हुन्छ ।